फेरि चर्चामा शाहरुखकी छोरी सुहाना, सार्वजनिक भयो यस्तो भिडियो

डिसी नेपाल
२७ साउन २०७५ १४:४०

मुम्बइ। आफ्ना तस्वीरका कारण चर्चामा रहिरहने सुहाना खान एकपटक फेरि चर्चामा छिन् । सुहाना इन्स्टाग्राममा पनि सक्रिय छिन् र नयाँ नयाँ फोटोहरु पोस्ट गरिरहन्छिन् ।

यसपटक भने उनी भिडियोका कारण चर्चामा आएकी हुन् । बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना भिडियोमा युरोपमा मस्ती गरिरहेकी देखिएकी छिन् । उनको यो मस्तीमा उनकी एक साथी पनि सहभागी छिन् ।

यसअघि सुहाना भोग म्यागजिनको लागि फोटोसुट गरेर चर्चामा थिइन् । यस क्रममा उनलाई अन्तरवार्तामा पिता शाहरुख खानको स्टारडमका विषयमा धेरै प्रश्न सोधिएका थिए ।

शाहरुखकी छोरी भएकोमा कस्तो महसुस हुन्छ भन्ने प्रश्नमा उनले भनेकी थिइन् ‘मलाई यो त पहिल्यै आभास भएको थियो कि हाम्रो लागि चीजहरु निकै फरक हुनेछन् तर पापा यति पपुलर हुनुहुन्छ भन्ने मैले सोचेकी थिइन ।’

हेर्नुहोस् सुहानाको मस्तीको भिडियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *