नेपाली कांग्रेस सभापति देउवाद्वारा मतदान

डिसी नेपाल
२५ फागुन २०७९ १२:५५
148
Shares

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद मतदान केन्द्रमा उनले केहीबेरअघि मतदान गरेका हुन्।

अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सङ्घीय सदस्यतर्फका दुई सय २० र प्रदेशसभातर्फ दुई सय ६० सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *