प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइनेमा

डिसी नेपाल
२५ फागुन २०७९ १५:५०
1.2k
Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नभ्याइनेमा परेको छ।

न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा सुनुवाइका लागि तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो। यो मुद्दामा अब शुक्रबार सुनुवाइ हुनेछ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइका लागि तोकिएको थियो।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.