राष्ट्रहितमा मात्रै काम गर्न नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्र हितलाई केन्द्रमा राखेरमात्रै काम गर्न आग्रह गरेका छन्।
‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो। उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ। राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन। देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन,’ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पौडेल निर्वाचित भएपछि नेपालले भने।
राष्ट्रपति निर्वाचित भइसकेपछि गठबन्धन स्वभाविकरूपमा अगाडि बढ्ने नेपालको प्रतिक्रिया छ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई नेपालले बधाई समेत ज्ञापन गरेका छन्। एक समारोहबीच उनले राष्ट्रपतिलाई बधाई दिएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment