नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपतिनाथ दर्शन पछि सुन्दरीजल जाने
काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन्।
बहराइन जान लागेका सभामुख देवराज घिमिरेसँग भेटघाट गरे पछि नवनिर्वाचित राष्ट्रपति पौडलले बिहान ९ बजे पशुपतिमा दर्शन गर्न जाने कार्यक्रम छ।
पौडेलको सचिवालयका अनुसार पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ। सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment