सर्वोच्चले द्वन्द्वकालीन मुद्दालाई नियमित प्रक्रियाबाट हेरेपछि माओवादी घटकले अन्तर्क्रिया गर्ने
काठमाडौं। माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउन जोड गर्ने भएको छ।
प्रधानमन्त्री निवास वालुवाटरमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतवाट निरुपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेका छन्।
क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलका अनुसार त्यसका लागि फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते बृहत अन्तर्क्रिया कार्यक्रम गर्ने निष्कर्ष बैठकले गरेको छ। सर्वोच्चले द्वन्द्वकालीन मुद्दालाई नियमित प्रक्रियावाट हेरेपछि माओवादीले अन्तर्क्रिया गर्न लागेको हो।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी थिए।







डिसी नेपाल







Facebook Comment