स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

डिसी नेपाल
२६ फागुन २०७९ १०:३९
64
Shares

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्न लागिएको छ। उनले देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गरिने बताए।

यस्तै निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन्। निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.