राजनीतिमा फउल खेल्नेहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएः केपी ओली

डिसी नेपाल
२६ फागुन २०७९ १७:३८
60
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेल्नेहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताएका छन्।

पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिमा फउल खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको कम्युनिष्ट आन्दोलन र पार्टीलाई कमजोर बनाएको बताएका हुन्।

ओलीले बिधि र प्रक्रिया भन्दै पार्टी फुटाएर प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा समेत भएको जिकिर गरे। राजनीतिक फउल खेलेपनि वास्तविक सफलता प्राप्त भने गर्न नसकेको उनको भनाइ छ।

उनले कुनै पनि क्षेत्रको श्रेष्ठता हालिस बेइमानीले नभई इमान्दार अभ्यासबाट हासिल हुने धारणा राखे। अध्यक्ष ओलीले खेल र चलखेलमा धेरै फरक रहेको भन्दै एमााले चलखेलमा नभइ खेलमा सहभागी हुने बताए।

उनले नेपालको खेल क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा चम्काउनका लागि महासंघले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.