जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा वडाअध्यक्ष विरुद्ध मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा हरिवन नगरपालिका–१० सर्लाहीका वडाअध्यक्ष शम्भुप्रसाद मैनालीसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार राजमार्गसँग जोडिएको जग्गाको न्यूनतम मूल्यभन्दा कम राखी रजिष्ट्रेशन पास गरी हिनामिना गरेको अभियोगमा वडाअध्यक्ष मैनाली विरुद्ध रु नौ लाख ३६ हजार बराबरको बिगो दावी गर्दै आज मुद्दा दायर गरिएको हो।
यस्तै आयोगले स्थानीय गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध पनि समान रु नौ लाख ३६ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ।
त्यस्तै आयोगले आजै सरकारी साक्षीका रुपमा पेश गरिएको बाबा कृष्णाराम पशुफार्म सप्तरीका सञ्चालक बेचन यादव मगरदैताविरुद्ध रु २१ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ।
विशेष अदालतमा गरेको बकपत्रमा अनुसन्धान हुँदा सरकारी साक्षीले बयानको क्रममा गलत बकपत्र गरेको पुष्टि भएकाले आजै विशेष अअदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment