भारतमा मनाइयो नेपाली सेना दिवस, भारतीय डिजीएमआई लेफ्टिनेन्ट जनरलसहित ४५ देशका सैनिक सहचारीको उपस्थिति

सुबास बस्नेत
२७ फागुन २०७९ १८:११
108
Shares

नयाँ दिल्ली। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो राष्ट्रपतिका रुपमा अविभावक पाएको छ। यता राष्ट्रिय सुरक्षा, आन्तरिक एकता र विश्व शान्तिको इतिहास बोकेको नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा छिमेकी मुलुक भारतमा शुक्रबार एक विशेष कार्यक्रम सहित रात्री भोजको आयोजना गरेको छ।

नेपाली राजदूतावास नयाँ दिल्लीमा कार्यरत सैनिक सहचारी कर्नेल रामचन्द्र खत्रीको संयोजकत्वमा आयोजित कार्यक्रममा भारतीय सैन्य इन्टेलिजेन्स संस्थाका प्रमुख डिजीएमआई लेफ्टिनेन्ट जनरल तरुण कुमार ऐच मुख्य अथितिको रुपमा उपस्थित रहेका थिए।

भारतका लागि नेपाली राजदुत डा शंकर प्रसाद शर्माले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा अस्ट्रेलिया, क्यानाडा, चिन, रुस, फ्रान्स, जर्मनी, बेलयात, जापान, इटाली, थाइल्यान्ड, बंगलादेश, पाकिस्तान, युक्रेन लगायत ४५ भन्दा बढी देशका कुटनीतिक उच्च आयोगमा कार्यरत सैनिक सहचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल ऐचले नेपाल र नेपाली सेनाको सहयोगको लागि आफु सदैव तत्पर रहेको बताए। कार्यक्रममा नेपाली सेनाको इतिहास र क्रियाकलाप सम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरि नेपाली सेनालाइ विश्व सामु चिनाउने कार्य गरिएको थियो।

साथै कार्यक्रममा राजदुत डा शंकर प्रसाद शर्मा र सैनिक सहचारी रामचन्द्र खत्रीले प्रमुख अतिथिलाइ मायाको चिनो समेत हस्तान्तरण गरे। नेपाली सेना दिवस मार्च १ मा मनाइएतापनि प्रमुख अतिथिको व्यस्तताले १० मार्च २०२३ मा मानाएको हो। राजदुतावास प्रांगणमा आयोजित कार्यक्रममा तीन सय भन्दा बढीको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *