बस दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते
काठमाडौं। तनहुँको बन्दीपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका थिए।
घाइतेमध्ये केहीलाई पोखराको मणीपाल अस्पतालमा पठाइएको र सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको पनि एसपी विष्टले जानकारी दिएका छन्।
दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो। बाग्मती प्रदेश ०६–००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment