नागरिक सामुदायिक अस्पतालको १४ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ। भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त कार्यक्रम अस्पतालका अध्यक्ष शैलेन्द्र मोहन झाको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारण सभामा वार्षिक प्रतिबेदन पेश गर्दै अस्पतालका अध्यक्ष झाले भने,’हाम्रो अस्पताल धेरै पुरानो र भक्तपुर गठ्ठाघरबासिका लागि मात्र नभए पुरै भक्तपुर जिल्ला बासिहरुको लागि विश्वासिलो अस्पतालका रुपमा स्थापित भएको छ।’
कार्यक्रममा सेयर सदस्यहरुबाट उठेका प्रश्न र गुनासोहरुलाई सम्बोधन गर्दै अस्पतालमा भएका कमीकमजोरीलाई सुधार्दै लैजाने अस्पतालका अर्थ निर्देशक भुवन चक्र जोशीले बताए। साथै अस्पताललाई अघि बढाउनमा सम्पूर्ण सेयर सदस्यहरु उतिकै भूमिका रहेको पनि उनले बताए।
जनतालाई सहज होस् भन्दै अस्पतालले प्याथोलोजी ल्याबमा छुटको व्यवस्था गरि प्याकेज बनाएर थोरै पैसामा राम्रो सेवा दिने व्यवस्था पनि गरेको छ। पैसाको अभावको कारण कोहि पनि उपचारबाट बन्चित हुन नपरोस भनी उक्त सेवा प्रदान गर्न लागेको कुरा वरिष्ठ प्याथोलोजिस्ट डा. सुवास यादबले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment