बालाजुमा धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन पक्राउ
काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीनजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतको टोलीले शनिबार काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गर्ने तीनजनाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका घर भई काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय जेन राई, सोही स्थानका १८ वर्षीय निशान राई र नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २८ वर्षीय दिनेश तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा फरार रहेका तीनजनालाई तारकेश्वर नगरपालिकाको फुटुङबाट पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ परेकासँग एक थान चुप्पी र एक थान छिनो बरामद गरेको छ। पक्राउ परेकालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरेर प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment