धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ

डिसी नेपाल
२९ फागुन २०७९ ८:४८
96
Shares

धनगढी। कैलालीको धनगढीबाट नगदसहित चार जुवाडे पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ बोराडाडीमा विरेन्द्र चन्दले संचालन गरेको चन्द फास्टफुड होटलबाट उनीहरू समातिएका हुन्। जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र ताससहित चारै जनालाई प्रहरीले आइतबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–११ बस्ने ३६ वर्षीय शेरबहादुर थापा, धनगढी–१ बस्ने ४० वर्षीय धन बहादुर खड्का, दोगडाकेदार गाउँपालिका–५ का (होटल संचालक) ३० वर्षीय विरेन्द्र चन्द र सोही ठाउँका २९ वर्षीय खडग बहादुर महरा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *