राष्ट्रपति पौडेलबाट शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन्।
उनले आज त्यहाँ गई शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन्। नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ। उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment