वीर अस्पातालका पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्र्तगत कार्यरत स्टाफ नर्सहरुलाई सेवावाट हटाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।
उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्। गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को घ) बमोजिम हटाइको हो। यो सुचना आजको गोरखापत्रमा प्रकाशित छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment