‘खल्ती’ वीरगंज उद्योग वाणिज्य संघद्वारा सम्मानित
काठमाडौँ। डिजीटल वालेट ‘खल्ती’ वीरगंज उद्योग वाणिज्य संघद्वारा सम्मानित भएको छ। स्वदेशमै बसी केहि गरौँ भन्ने अभिलाषा लिएको मोबाइल वालेट ‘खल्ती’को ६ वर्षको सफलतालाई सघंले सम्मान गरेको हो
खल्ती प्राइभेट लिमिटेडले, २०७९ फागुन २८ मा आयोजित वीरगंज उद्योग वाणिज्य संघ (वीउवासंघ) को ४७ औंँ साधारण सभामा सम्मान कार्यक्रममा नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान प्राप्त गरेको थियो।
उक्त कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघ नेपालका विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्ट कार्य मार्फत योगदान पुर्याउने संस्था र महानुभावहरु सम्मानित गरेका थिए।
खल्तीको तर्फबाट सह-संस्थापक अमित अग्रवालले यो सम्मान ग्रहण गर्न कार्यक्रममा उपस्थित भएका थिए। सम्मान प्राप्त गर्दै उनले आफ्नो जन्मथलो वीरगंज प्रतिको पनि संलग्नक दर्शाए। साथै खल्तीलाई आजको दिन यो स्थान सम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारी/एजेन्ट, नियामक, कर्मचारी र अन्य सरोकारवालाहरू प्रति धन्यवाद व्यक्त गरे।
यस बारे खल्ती का सह- संस्थापक अमित अग्रवाल थप भन्छन्,“वीरगंज उद्योग वाणिज्य संघ (वीउवासंघ) द्वारा सम्मानित हुनु हामी सम्पूर्ण खल्ती परिवारकालागि गर्वको कुरा हो। हाम्रो मिहिनेतको कदर गर्दै प्रदान गरिएको यस सम्मानले हामी माझ अझ धेरै हौसला ल्याएको छ। आगामी दिनहरूमा पनि वित्तीय समावेशीकरण प्रदान गर्ने को हाम्रो उद्देश्य लाई लिई अघि बढ्नेछौं।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment