कांग्रेस-एमाले सहकार्य कति संभव?

डिसी नेपाल
३० फागुन २०७९ ११:०९
560
Shares

काठमाडौं। एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गर्दै राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि प्रमुख प्रतिपक्षमा पुगेको एमालेको आगामी दिनमा कस्तो भूमिका हुन्छ भन्नेमा चासो बढेको छ। राष्ट्रपति पौडेलले सोमबार सपथ ग्रहण गर्दै कार्यभार सम्हालिकेका छन्।

कांग्रेसले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई जिताएसँगै फेरि कांग्रेस एमालेबीच सहकार्यको चर्चासमेत चल्न थालेको छ। वर्तमान सरकारलाई दश दलको समर्थन छ। उनीहरु सबै सरकारमा सहभागी हुन चाहन्छन्। उपराष्ट्रपतिको निर्वाचन सकिएपछि विश्वासको मत लिएर मन्त्रिपरिषदलाई पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्।

धेरै दलले समर्थन गरेको र ती सबै दल सरकारमा सहभागी हुन लालाहित भएको अवस्थामा प्रधानमन्त्री प्रचण्डलाई सरकार पुनर्गठन गर्न समस्या हुने भन्दै कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नु पर्ने भन्दै यी दुई दल मिलेर सरकार गठन गर्न दुवै दलका नेतालाई दाबाव पर्न थालेको छ ।

दोस्रो संविधानसभामा प्रमुख दुई ठूला दल कांग्रेस एमाले मिल्दा संविधान जारी गर्न सकिएको तर्क गर्दै राजनीतिक स्थिरताका लागि पनि कांग्रेस एमाले मिल्नु पर्ने भन्दै युवा नेताहरुले सुझाव दिएका छन्।

धेरै दल सरकारमा सहभागी हुँदा सरकारले प्रभावकारी रुपमा काम गर्न नसक्ने र राजनीति विकृत बन्ने भन्दै त्यसलाई रोक्न पनि एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको भन्दै नेतृत्वलाई सुझाव दिन थालेको हो।

कांग्रेसका एक पदाधिकारीका अनुसार ८९ सिटको कांग्रेसले ३२ सिटको माओवादीलाई प्रधानमन्त्री दिने विषय व्यवहारिक रुपमा उचित नभएको र अब कांग्रेस र एमाले मिलेर मुलुकलाई राजनीतिक स्थायित्व दिने गरी अगाडि बढ्नुपर्छ भन्ने गरी छलफल अगाडि बढेका छन्।

एमाले पनि कांग्रेससँग सहकार्यका लागि तयार रहेको अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै बताइसकेका छन्। गत बिहीबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच सहकार्य हुन सक्ने संकेत गरेका थिए।

गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ८९ सिटमा विजयी हासिल गरेको थियो भने एमालेले ७८ सिट जितेको थियो। दुवैको सिट जोड्दा झन्डै दुईतिहाइ नजिक हुने भएकाले उनीहरूले चाहेमा जे जस्ता निर्णय पनि गर्न सक्छन् भने अन्य कुनै पनि दललाई चलखेल गर्ने बाटो पाँच वर्षका लागि बन्द हुन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.