कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

डिसी नेपाल
१ चैत २०७९ ६:२६
24
Shares

काठमाडाैं। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजेलाई डाकिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीको केन्द्रीय कार्यालय, विपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछिको अवस्थाको समीक्षासँगै सरकारमा आफ्नो सहभागिताबारे छलफल हुने बताइएको छ।

त्यस्तै उपराष्ट्रपति निर्वाचन, अब चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.