मन्त्री र उच्च पदस्थ कमर्चारीले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने मन्त्रिपरिषद्को निर्णय

डिसी नेपाल
१ चैत २०७९ १६:१४
108
Shares

काठमाडौं। सरकार मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अति आवश्यक बाहेकका अवस्थामा बैदेशिक भ्रमण गर्न नपाउने भएका छन्।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अव उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको जानकारी दिइन्।

त्यसैगरी सरकारले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णयसमेत भएको छ। तल्लो लिखु जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय सरकारले गरेको छ।

सरकारले रामपुर स्वास्थ्य चौकी उदयपुरलार्य १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

त्यसैगरी सरकारले यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णयसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.