उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने

डिसी नेपाल
१ चैत २०७९ १७:०१
40
Shares

काठमाडौं। आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ।

राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको राप्रपाले शुक्रबार हुने निर्वाचनमा पनि मत नदिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णयको बिरोध गरेको छ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसंग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न सरकारसँग बैठकले माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.