विप्लव नेकपा र नेकपा माओवादी समाजवादीबीच पार्टी एकता
काठमाडौं। विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकताको घोषणा भएको छ।
बुधबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरि दुई पार्टीले एकताको घोषणा गरेका हुन्।
नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नका र जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माणका लागि एकतावद्ध भएर अघि बढ्ने सहमति गरेको दुई पार्टीले जनाएको छ।
त्यस्तै दुई पार्टीले क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको उल्लेख गरेका छन्।
पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले संसदको गोलचक्कर र संसदमा हराउने कम्युनिष्ट आन्दोलनले नेपाली जनताको हित र मुलुकको स्वाधिनताको रक्षा गर्न नसक्ने बताए।
उनले जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गर्न खोज्दैमा कम्युनिष्ट पार्टी नडराउने जिकिर गरे।
विप्लवले ६३–६४ पछि माओवादीले उठाएका बिषयहरु निष्कर्षमा पुग्न नसकेका कारण नै माओवादीलाई कमजोर बनाउने कोशिस भइरहेको बताए।
त्यस्तै नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाले नेपालको राजनीतिक संकटलाई समाधान गर्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरु एक हुनुपर्ने बताए। उनले अब माओवादी क्रान्तिकारी शक्तिहरु एकैठाउ आउनुपर्ने बताए।







डिसी नेपाल







Facebook Comment