प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

लगत्तै सरकारमा सहभागी हुने

डिसी नेपाल
५ चैत २०७९ ११:५३
192
Shares

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार विहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।

विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने निर्णय कांग्रेसले गरेको छ। याेसँगै संसदको आइतबार बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ ।

एमालेलगायतको दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले पुस २६ गते पनि विश्वासको मत लिएको थियो।

विश्वासको मत दिएपछि प्रचण्डले एमालेसँगको गठबन्धन तोडेर पुरानै गठबन्धन ब्युँताएका थिए। सोही गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भइसकेका छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने तयारी गरेका छन्। प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस पनि सरकारमा सहभागी हुने भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.