मतपेटिका तोडफोड भएपछि डोटीमा नेविसंघले गर्यो जिल्ला प्रशासन कार्यालय घेराउ
धनगढी। नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ। विवाद हुँदा क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरिइएको हो।
स्ववियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जीमत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थीसंगठनले मतपेटिका तोडफोड गरका थिए।
अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत हर्क बहादुर कलेलले जानकारी दिए। नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment