नवनिर्वाचित उपराष्ट्रपति यादवको सपथ आज

डिसी नेपाल
६ चैत २०७९ ६:३८
28
Shares

काठमाडौं। आज नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिँदैछन्। उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने बिशेष समारोहका बिचमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने छन्।

बारा-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले हिजो अर्थात आइतबार नै सांसद र जनता समाजवादी पार्टी नेपाल (जसपा) पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आफु उपराष्ट्रपतिमा निर्वाचित भएकाले बारा-२ को निर्वचान क्षेत्र रिक्त रहेकाे जानकारी पनि गराइसकेका छन्।

गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *