बाढी प्रभावितले NDRRMA को प्रणालीमार्फत उद्धार तथा राहतका लागि माग विवरण भर्न सक्ने
काठमाडौं। बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकले उद्धार तथा राहत आवश्यकतासम्बन्धी विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को प्रणालीमार्फत उपलब्ध गराउन सक्ने भएका छन्।
प्राधिकरणले विपद्बाट प्रभावित व्यक्ति तथा परिवारलाई आफूलाई आवश्यक परेको उद्धार, राहत तथा अन्य सहयोगसम्बन्धी विवरण अनलाइन फाराममार्फत भर्न आग्रह गरेको छ।
यसका लागि प्रभावितले NDRRMA को ‘सेतु’ प्रणालीमा गएर माग विवरण फाराम भर्न सक्नेछन्। फाराम भर्नका लागि https://setu.ndrrma.gov.np/ मा जान सकिनेछ।
फाराममा प्रभावितको अवस्था, स्थान, आवश्यक उद्धार, राहत तथा अन्य आवश्यक सहयोगसम्बन्धी विवरण उल्लेख गर्न सकिने व्यवस्था गरिएको छ। प्राप्त विवरणका आधारमा सम्बन्धित निकायले प्रभावितको आवश्यकता पहिचान गरी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सक्नेछन्।
हाल बाढी, पहिरो तथा डुबानका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला प्रभावितको वास्तविक अवस्था र आवश्यकताको विवरण संकलन गरी तत्काल सहयोग पुर्याउन उक्त प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।
प्राधिकरणले विपद् प्रभावित नागरिकलाई फाराममा आफ्नो अवस्था र आवश्यकतासम्बन्धी विवरण यथार्थ रूपमा भर्न आग्रह गरेको छ। तत्काल उद्धार आवश्यक पर्ने अवस्थामा भने अनलाइन फाराम भर्नुका साथै नजिकको सुरक्षा निकाय, स्थानीय तह वा सम्बन्धित उद्धार संयन्त्रलाई समेत जानकारी गराउन आग्रह गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment