ल क्याम्पसमा क्रान्तिकारीका विष्णु ढुंगेल बिजयी

डिसी नेपाल
६ चैत २०७९ ८:११
92
Shares

काठमाडौं। नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन्।

नेकपा एमाले निकट अखिल र नेपाली कांग्रेस निकट नेविसंघको प्यानलका उम्मेदवार कैलाश तामाङलाई पराजित गर्दै बिजयी हासिल गरेका हुन्। अखिल क्रान्तिकारीका ढुंगेलले ५२ मतले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन्। ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ।

यस्तै सचिवमा नेविसंघका मनोज सिंह ६०१ मतसहित बिजयी भए भने कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङले ४२३ मत ल्याएर विजयी भएका छन्।

यसैगरी, ७ सदस्यमध्ये बहुमत ५ सदस्य एमाले निकट अनेरास्ववियुले जितेको छ। जसअनुसार अनेरास्ववियुका समिर रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *