प्रचण्डले ओलीलाई भने- मैले तपाईंलाई प्रधानमन्त्री बनाएको ब्याज तिर्न अझै बाँकी छ

डिसी नेपाल
६ चैत २०७९ १७:३१
372
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको बताउँदै ओलीले त्यसको ब्याज तिर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

विश्वासको मत लिने क्रममा सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले ओलीलाई आफूले गरेको सहयोगको हिसाब किताब राख्न आग्रह गरे। ‘मैले तपाइँलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ। ब्याज थियो। एउटा त बनाउनुभयो। एउटा अझै बाँकी छ। हिसाब राख्नुहोला,’ उनले भने।

उनले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर खोज्दै नगएको प्रस्टीकरण बताउँदै एमालेले नै आफूलाई बल गरेको स्मरण गरे । उनले परिस्थित त्यस्तै बनेपछि आफू पुस १० मा बालकोट गएको प्रस्ट्याए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो लागि शान्ति, संविधान र परिवर्तन मुख्य कुरा रहेको बताए । उनले कांग्रेससँग गठबन्धन हुँदै गर्दा आफूलाई ओलीले पाँच वर्षसम्म प्रधानमन्त्रीको प्रस्ताव गरेको र अन्तिम समयसम्म पनि के-के चाहियो भनेर भनेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.