लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वभाविक हो : सुवास नेम्वाङ

डिसी नेपाल
६ चैत २०७९ १८:५८

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वभाविक भएको बताएका छन् ।

सोमबार संसद भवनमा संचारकर्मीसंग कुरा गर्दै नेम्वाङले आफु संसदीय मूल्य मान्यतामा विश्वास गर्ने भएकाले संसदीय प्रणाली र लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वभाविक भएको बताएका हुन् । उनले प्रधानमन्त्रीको विश्वासको मतलाई हार्दिकता र सामान्य रुपमा लिएको जिकिर गरे ।

त्यस्तै कांग्रेस नेता जीवन परियारले नयाँ राजनीतिक घटनाक्रम अनुसार विश्वासको मत लिएको र अब सरकार सहज रुपमा चल्ने बताए। सरकारलाई अव गठबन्धन दलहरुले सहयोग गर्ने र पूर्णकालीन अवधिमा चल्न मद्धत गर्ने उनको भनाइ छ ।

त्यस्तै माओवादी केन्द्रका नेता जनादर्न शर्माले शान्ति, लोकतन्त्र स्थायीत्वका लागि अहिले प्राकृतिक गठबन्धन भएको र संसदको पूर्ण कार्यकालसम्म अघि बढ्ने बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै संविधानको रक्षाका लागि अघि बढ्नुपर्ने बेला आएको धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *