अब सरकार आरामसँग चल्छ, केहि दिनभित्रै पूर्णता पाउँछ: प्रधानमन्त्री

डिसी नेपाल
६ चैत २०७९ १८:५९
120
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको गृहकार्य सुरु हुने बताएका छन्।

सोमबार विश्वासको मत पाएपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अव सरकार बिस्तार गर्ने बताएका हुन्।

उनले केहि दिनभित्रै सरकारले पूर्णता पाउने जानकारी दिए। त्यस्तै प्रधानमन्त्री प्रचण्डले आफुलाई प्रयाप्त विश्वासको मत प्राप्त भएकाले आरामसँग सरकार चल्ने जिकिर गरे। उनले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर हुने बताए।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *