पुरुषलाई महिला यात्रुको रूपमा बोकेपछि नेपाल एयरलाइन्सका पाइलटसहित सात जना निलम्बनमा

डिसी नेपाल
७ चैत २०७९ १८:४७
908
Shares

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ।

ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म निलम्बन गरेको हो।

सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ केजी बढी सामान बाकेको थियो। उक्त सूचना पाएपछि चालक दलका तीनजना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उक्त विमानले एक पुरुष यात्रुलाई महिला यात्रुको रूपमा यात्रा गराएको पनि पाइएको निरौलाले बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.