सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु विष्टको आज नदीमा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले स्थानीय सुनबरा नदीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जानकारी दिनुभयो। बालिकाको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षण भइरहेको बताउँदै प्रहरी निरीक्षक विष्टले शव परिवारको जिम्मा लगाइने बताए।
त्यसैगरी, शुक्रबार महाकाली नदीको शारदा ब्यारेक (बनबासा पुल) बाट हाम फालेर बेपत्ता भएका दार्चुलाका २७ वर्षीय सुनीलसिंह खत्रीको अवस्था अझै अज्ञात रहेको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङले महाकाली नदीमा खत्रीको खोजी जारी रहेको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment