नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

डिसी नेपाल
१० चैत २०७९ १७:०३
216
Shares

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई नियुक्त गरिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा सिफारिसको १ नम्बरमा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो।

उनीसँगै एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदका लागि प्रतिष्पर्धामा थिए।कुँवरले एक वर्ष महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *