नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीले दिए बधाई (तस्बिरहरु)
काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक बसन्त बहादुर कुँवर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदबार पुगेका छन्।
सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै महानिरीक्षक धिरजप्रताप सिंहसँगै उनी सिंहदबार पुगेका हुन्। भेटमा प्रधानमन्त्री दाहालले कुँवरलाई बधाई दिएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मेरिट बेस अनुसार एक नंवरमा रहेका कुँवरलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए।
हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ प्रहरी महानिरिक्षक नियुक्त गरेको हो।
कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि आईजीपीको दौडमा रहेपनि सरकारले एक नंवरमा रहेका कुँवरलाई आईजीपी बनाएको हो।













डिसी नेपाल







Facebook Comment