शासन गर्ने पात्र फेरिएपनि गणतन्त्र समाजको जरासम्म विस्तार गर्न सकिएनः मन्त्री किराती

डिसी नेपाल
११ चैत २०७९ २०:०७
100
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समाजभित्र गणतन्त्रको संस्कृति छिर्न नसकेको अनुभव भएको बताएका छन्।

शनिबार काठमाडौंमा आँचल कुसुम अधिकारीद्वारा रचित कविता संग्रह मन पग्लिएछ भने बिमोचन गर्दै मन्त्री किरातीले मुलुकमा शासन गर्ने पात्र फेरिएपनि वास्तविक रुपमा गणतन्त्र समाजको जरासम्म विस्तार गर्न नसकेको अनुभव भएको बताएका हुन्।

त्यस्तै उनले देशमा आर्थिक बिकास गरेर रोजगारी सिर्जना गर्नुपर्ने भएपनि सपनामा स्वदेशको विउ रोप्न नसके मुलुकको बिकासको सपना साकार हुन नसक्ने बताए।

रोजगारको अभावमात्रै विदेशीनुको कारण नभएको भन्दै मन्त्री किरातीले देशमा स्वदेशी सपना नभएर पनि युवाहरुमा बाहिर जाने इच्छा बढेको देखिएको धारणा राखे।

उनले मुलुकको विद्यमान पाठ्क्रममा पनि स्वदेशी सपनासहितको बिषयवस्तुलाई प्राथमिकता दिनुपर्ने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.