उपराष्ट्रपति यादव आज बारा जाँदै
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव आज(आइतवार) बारा जाने भएका छन् । महागढीमाईको दर्शन गर्न उनी बारा जान लागेका हुन्।
चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् ।
महागढीमाईको दर्शनपछि चैत १३ गते बाराकै करैयामाइको दर्शन गर्ने र कचोर्वास्थित आफ्नो निवासमा गएर नागरिक समाजका अगुवा तथा आफन्तलाई भेट गर्ने कार्यक्रम रहेको छ। उनी १४ गते काठमाडौं फर्किने छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment