उपराष्ट्रपति यादव आज बारा जाँदै
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव आज(आइतवार) बारा जाने भएका छन् । महागढीमाईको दर्शन गर्न उनी बारा जान लागेका हुन्।
चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् ।
महागढीमाईको दर्शनपछि चैत १३ गते बाराकै करैयामाइको दर्शन गर्ने र कचोर्वास्थित आफ्नो निवासमा गएर नागरिक समाजका अगुवा तथा आफन्तलाई भेट गर्ने कार्यक्रम रहेको छ। उनी १४ गते काठमाडौं फर्किने छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment