संसदमा प्रभु साहको प्रश्न: तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ?

डिसी नेपाल
१२ चैत २०७९ १३:४९
68
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै प्रश्न गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानुनको कभरमा ब्रह्मलुट भइरहेको आरोप लगाए।

भन्सार ऐन र नियमावलीअनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ प्रतिशत कमिसन दिने व्यवस्थालाई दुरुपयोग गरेर ब्रह्मलुट मच्चाइरहेको भन्दै उनले प्रश्न गरे- यो ४५ प्रतिशत कमिसन कसले खाइरहेको छ?

जनतालाई समात्ने अधिकार नरहेको अवस्था ४५ प्रतिशत कमिसन कसले खाइरहेको हो यसबारे संसदनलाई जानकारी गराउनु पर्ने उनको माग छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.