लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतत्वको सरकार बन्नेछ : अमरसिंह पुन {भिडियो}

डिसी नेपाल
१२ चैत २०७९ १५:०१
12
Shares

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतत्वको सरकार बन्ने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति पुनले एमाले नेतृत्वको सरकारलाई समर्थन दिएका दलहरुले आइतबार नै सर्मथन फिर्ता लिएकाले कांग्रेस नेतत्वको सरकार बन्ने बताएका हुन्।

सभापति पुनले आइतवार माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएर समर्थन फिर्ता लिएको भन्दै २\३ दिन भित्र काग्रेस संसदीय दलका नेता डिल्लि चौधरीको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले मुख्यमन्त्री लिला गिरीले नैतिकताको आधारमा राजिनामा दिएर मार्ग प्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोलिदिनेमा आफु विश्वस्त रहेको बताए ।

पुनले ५४ जना सांसदहरुले नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली वहादुर चौधरीलाई समर्थन गरेको बताए । ८७ जना प्रदेश सांसदहरु रहेको लुम्बिनी प्रदेशमा कांग्रेसका २७ सांसद छन् । सरकार गठनका लागि भने ४४ सांसदको मत आवश्यक हुन्छ ।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *