कुनै बिशेष मन्त्रालयमा हाम्रो दाबी छैन, दुई मन्त्रालय कम हुन्छ: माधव नेपाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको साझा नीतिगत प्रतिवद्धताका आधारमा नयाँ सरकारले पूर्ण आकार लिने बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले सरकारको साझा नीति तथा कार्यक्रमसहितको नीतिगत प्रतिवद्धतामाथि गठबन्धनभित्र छलफल भइरहेको भन्दै त्यसैको आधारमा सरकारले पूर्ण आकार लिने बताएका हुन्।
उनले बाहिर चर्चामा आएजस्तो आफ्नो पार्टीले कुनै बिशेष मन्त्रालयमा दाबी नगरेपनि मुलुकको अर्थतन्त्रलाई बुझ्ने र समस्या समाधान गर्ने व्यक्तिलाई अर्थमन्त्रालयको र देशका सामू देखिएका चूनौति र अन्तराष्ट्रिय परिस्थीतिलाई मूल्याङ्कन गर्न सक्नेलाई परराष्ट्रको जिम्मेवारी दिनुपर्नेमा जोड रहेको धारणा राखे।
अध्यक्ष नेपालले एक वा दुई मन्त्रालय आफ्नो पार्टीका लागि कम हुने समेत बताए।
उनले पछिल्लो समय सभामुखको कार्यशैलिले आपसी विश्वास कायम नरहने भएकाले संसदको नियमावलीमा विस्तृत रुपमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्ने जिकिर गरे।







डिसी नेपाल







Facebook Comment