संसदमा राजेन्द्र लिङ्देनको प्रश्न- गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ?
काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई अधिकार छैन भन्दै सरकारसँग प्रश्न गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार आफ्ना प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि दुर्व्यवहार भएको भन्दै घोर भर्त्सना गरे।
मंगलबार मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन जानेक्रममा प्रमुख सचेतक शाहीमाथि दुर्व्यहार भएको भन्दै उनले यसप्रति घोर भर्त्सना गर्दै नागरिकलाई राजावादी हुने छुट नभएको हो भन्दै प्रश्न गरे।
‘सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यहार गर्ने प्रयास गरियो त्यसको म भर्त्सना गर्दछु’ उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? ’
मिटरब्याजी पीडितको समस्या समाधान गर्न माग गर्दै उनले यसलाई ढाकछोप नगर्न पनि आग्रह गरे।







डिसी नेपाल







Facebook Comment