कोशी प्रदेशमा भइरहेको आन्दोलनको बारेमा राजेन्द्र लिङ्देनले मागे सरकारको धारणा

डिसी नेपाल
१५ चैत २०७९ १६:३३
48
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश नामाङ्करणको विरोधमा भइरहेको आन्दोलनको बारेमा सरकारको धारणा माग गरेको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेश नामाकरणका बिषयमा द्वन्द्व सुरु भएको भन्दै यस बिषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए।

कोशी प्रदेश नामाङ्करणमा भइरहेको बिरोधमा सरकारले अनदेखा गरिरहेको र गम्भीरतापूर्वक नलिदा मान्छेको ज्यान गएको उनले बताए।

उनले सैद्धान्तिक रुपमा राप्रपाले प्रदेश संरचना आवश्यक नरहेको र द्वन्द सिर्जना गर्न सक्छ भनिरहेको अवस्थामा अहिले त्यही कुरा पूर्वमा देखिन थालेको जिकिर गरे।

त्यस्तै लिङ्देनले मिटरव्याजी पीडितको धर्नालाई समर्थन जनाउदा जाँदा आफ्ना नेता ज्ञानेन्द्र शाहीलाई सत्तापक्षका कार्यकर्ताले दुव्र्यवहार गरेको आरोप लगाए।

उनले मिटरब्याजीको समस्या समाधानमा ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.