दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

डिसी नेपाल
१६ चैत २०७९ १२:४१
104
Shares

चितवन। प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने आश्वासन दिएका छन्।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको एक वा दुई हप्तामासमस्या समाधान हुने आश्वासन दिएका हुन्।

धुर्मुस–सुन्तली फाउन्डेसको अगुवामा निर्माण सुरु गरिए पनि पछि ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो। महानगर प्रमुख रेणु दाहाल हुन्। उनी प्रधानमन्त्री प्रचण्डकी पुत्री हुन्।

बिहीबार महानगर प्रमुख रेणुसमेत सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या समाधान गरेर निर्माण प्रक्रिया अघि बढाउने वचन दिएका हुन्।

उक्त रंगशाला निर्माणका क्रममा सामान ल्याएको उधारो र ऋण करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनले बताउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *