स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता

डिसी नेपाल
१६ चैत २०७९ १९:५१
3.0k
Shares

काठमाडौं। नेपाली कांग्रेसबाट अलग भएका अर्थविद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कांग्रेसबाट अलग भएको घोषणा गरेलगतै रास्वपाको सदस्यता लिएका हुन्।

वाग्लेले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका थिए।

उनी रास्वपाबाट तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन लड्ने तयारीमा छन्।

रास्वपाका प्रवक्ता मुकुल ढकालले वाग्लेले तनहुँ १ मा उम्मेदवारी दिनेबारे छलफल भइरहेको बताउँछन्। उनले केही दिनमै रास्वपाले निर्णय गर्ने डिसी नेपाललाई बताए।

वाग्लेले बिहीबार रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुसँग छलफल गरेका थिए।

उनी रास्वपा प्रवेशको चर्चासँगै नेपाली कांग्रेसले रोक्न आन्तरिक गृहकार्य समेत गरिएको थियो। कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले रास्वपा प्रवेश गर्न नदिन उनीसँग छलफल समेत गरेका थिए।

कांग्रेसमा संस्थापन इतरनिकट वाग्लेले सभापति शेरबहादुर देउवा र पत्नी आरजुको हेपाहा व्यवहारका कारण पार्टी छाड्नुपरेको बताएका थिए।

कांग्रेसका महामन्त्री थापा निकट मानिने वाग्ले निर्वाचनमा कांग्रेसको घोषणापत्र लेखन समितिमा रहेर काम गरिसकेका हुन्। गएको निर्वाचनमा कांग्रेसबाट चितवनबाट उम्मेदवारीको आकांक्षा ब्यक्त गरेका उनले चुनवामा टिकट पाउन सकेनन्।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.