खानेपानी मन्त्री खानले दिए राजीनामा
काठमाडौं । जनमत पार्टीको तर्फबाट सरकारमा सहभागी खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।सरकारमा चाहेको मन्त्रालय नपाएर असन्तुष्ट बनेका उनले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
मन्त्री खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारमा सहभागी भएका जनमत पार्टीका खानले सुरुदेखि अन्य मन्त्रालयको माग गरेका थिए । तर, उनलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालय दिएपछि रुष्ट बनेका थिए ।
शुक्रबार विस्तार गर्न लागिएको मन्त्रिमण्डलमा समेत आफूलाई उद्योग मन्त्रालय दिनुपर्ने माग गरेका उनले साेही मन्त्रालय नपाएपछि असन्तुष्ट भएर राजीनामा दिएका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment