काेशी नामाकरण विरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन

डिसी नेपाल
१९ चैत २०७९ १४:३३
76
Shares

काठमाडौँ। पहिचानवादीको आन्दोलन चर्किदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामाकरण परिवर्तन हुनु पर्ने जनाएकाे छ।

अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामाकरणलाई समर्थन गरिनेछ।

प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दाेलनकाे मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको पनि साे परिपत्रमा उल्लेख छ।

गत चैत १ गते  प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्च्याउन भएको आन्दोलनको समर्थनसमेत गरेको जनाईएको छ।  काेशी नामाकरण गरेपछि पछिल्ला दिनमा विराटनगरलगायतमा दिनहुँ आन्दाेलन भईरहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *