मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले गठन गर्यो छानविन समिति
काठमाडौं। सरकारले मिटरव्याजी समस्याका बिषयमा छानविनका लागि समिति गठन गरेको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मिटरव्याजी समस्याका बिषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
पूर्वन्यायधिश गौरी बहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा पूर्व एआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहेका छन्।
समितिलाई तीन महिनाको अवधि दिईएको र ठोस र मूर्त रुपमा मिटरव्याजीको समाधानका लागि तत्काल एक्सनमा जाने गरि प्रतिवेदन पेश गर्न भनिएको प्रवक्ता शर्माले बताइन्।
समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय भएको उनले बताइन्।
त्यस्तै बैठकले गृहमन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।







डिसी नेपाल







Facebook Comment