आज एउटा मुद्दा पर्छ भोलि अर्को पर्छ, यो त षड्यन्त्र हो भइरहन्छः रवि लामिछाने
दमौल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राहदानी विवादमा परेको मुद्दामा कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्ने बताएका छन्।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पार्टीका तर्फबाट डा स्वर्णिम वाग्लेको उम्मेदवारी दर्तापछि आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मुद्दाको सम्बोधन हुने भए पनि प्रतिशोध र षड्यन्त्र सम्बोधन गर्न नसकिने बताए।
“आज एउटा मुद्दा पर्छ, भोलि अर्को पर्छ, यो त षड्यन्त्र हो, भइरहन्छ”, लामिछानेले भने। कुनै मान्छेलाई लखेट्ने गरी गरिएको गलत प्रवृत्तिको विरोध गर्दै लामिछानेले मुद्दा लड्ने एउटा प्रक्रिया भएको र उक्त प्रक्रियामा सहभागी हुने बताए।
“कानूनी राज्यको प्रक्रियालाई सम्मान गर्दै त्यसमा सहभागी हुन्छु, कानूनी प्रक्रियाबाट भागेको मान्छे होइन”, लामिछानेले भने, “म त्यसबाट भागेको कहिले पो छु र?”
लामिछानेले आग्रह पूर्वाग्रहका बारे अदालतले पनि बुझ्ने बताउँदै यो मुद्दा हो कि षड्यन्त्र हो अदालतले बुझ्नुपर्ने बताए।






डिसी नेपाल





Facebook Comment