वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

डिसी नेपाल
२२ चैत २०७९ १७:४८
128
Shares

काठमाडौं । जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो।

जसअनुसार अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो । श्रीमती आरती रावलले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले न्यायाधीश गिरीविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेअनुसार अदालतले दिएको हो।

यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नी रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.