गठबन्धनले कुनै पनि बेला सभामुखमाथि महाभियोग प्रस्ताव ल्याउन सक्छन्ः केपी ओली
फाइल फाेटाे।
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन्।
बिहीबार पार्टी निकट पेशागत महासंघ, नेपालको महाधिवेशन उद्घाटन गर्दै ओलीले यसअघि प्रधानन्यायधिशलाई महाभियोग लगाउने गठबन्धन नै अहिले रहेकाले कुनै पनि बेला सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका हुन्।
अहिलेको गठबन्धनसँग लाजशरम भन्ने नै नरहेको संसदमा २५ प्रतिशत र बहुमतको बल देखाउन सक्ने उनको भनाइ छ। ओलीले यसअघि गठबन्धनले राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन धेरै पटक खोजेको भएपनि सफल हुन नसकेको बताए।
उनले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याएर नियतवस नै सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको जिकिर गरे। उनले गठबन्धनको सरकारबाट सकारात्मक भूमिकाको अपेक्षा गर्न नसक्ने र गठबन्धन अस्थायी भएको धारणा राखे।
ओलीले जनताको मत जितेर एमाले अहिलेको अवस्थामा आएको भन्दै सरकारलाई खबरदारी गरिरहने उल्लेख गरे। अध्यक्ष ओलीले अहिलेको सरकार आउनेबितिकै बिभिन्न निकायमा अनावश्यक भर्ना, नियुक्ति गरेर तमाशा देखाएको जिकिर गरे।
उनले यसअघिको समाभुखले एउटा पक्षको प्यादाको रुपमा काम गरेको र पदीय मर्यादालाई माटोमा मिलाउने काम गरेको आरोप लगाए।
उनले सिंगो कर्मचारीतन्त्रको इञ्जिनको रुपमा काम गर्न संगठनलाई सुझाव दिए। कर्मचारीतन्त्रमा सेवाभावको कर्तत्व पुरा गर्नका लागि अघि बढ्न उनले आग्रह गरे। ओलीले सेवा दिने कर्मचारीले कसैमाथि आस्थाका आधारमा भेदभाव गर्न नहुने धारणा राखे।







डिसी नेपाल







Facebook Comment